बुधबार यी कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३९ अंकले बढेर १८४५.०१ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजार नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुदाँ ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।
बुधबार माईखोला हाईड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएको छ । कम्पनीको सेयर ७.९३ प्रतिशतले घटेर २३.९० रुपैयाँले अथवा प्रतिकित्ता २७७ रुपैयाँ ६० पैसाले घटेको छ ।
साथै, यूनिक नेपाल लघुवित्तको ५.३६ प्रतिशत, नेपाल बैंक डिभेञ्चरको २.५३३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
