दुई वाणिज्य बैंकसहित ७ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

दुई वाणिज्य बैंकसहित ७ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । यस साता आधा दर्जन बढी कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपालमा दुई वाणिज्य बैंकसहित ७ वटा कम्पनीको १ करोड ४ लाख ६४ हजार कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस सातामा नेपाल बैंकको २ प्रतिशत बोनस बापतको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र कृषि विकास बैंकको २ प्रतिशत बोनस बापतको २६ लाख ३७ हजार ५८३.१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २१ लाख ११ हजार १२७.४६९, स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४.३० कित्ता, मिर्मिरे लघुवित्तको १२ लाख २१ हजार ७७२.३९ र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २ लाख ५३ हजार ५३१.१९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी सातै वटा कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् । यीमध्ये केही कम्पनीहरुले भने सेयरधनीहरुको खातामा सेयर पठाई सकेका छन् ।


प्रतिक्रिया दिनुहोस्