बिहीबार यी १० कम्पनीका लगानीकर्ताले कमाए « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

बिहीबार यी १० कम्पनीका लगानीकर्ताले कमाए



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अंकले बढेर १८६६.३४ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुदाँ १ अर्व ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार एक कम्पनीको इकाइधनीहरुले सर्वाधिक कमाएका छन् । जोशी हाइड्रोपावर डेभलमेन्ट कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ६.९ प्रतिशत अथवा प्रतिकित्ता १८ रुपैयाँ ६० पैसाले बढेर २६८ रुपैयाँ ६० पैसा कायम रहेको छ ।

साथै, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको ६.०८ प्रतिशत, एशियन हाइड्रोपावरको ५.०७ प्रतिशत, पाँचथर पावर कम्पनीको ५.६ प्रतिशत,नेरुडे लघुवित्त वित्तीय संस्थाको ४.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्