को हुन आज गुमाउने कम्पनीहरु ? « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

को हुन आज गुमाउने कम्पनीहरु ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अंकले बढेर १८६६.३४ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुदाँ १ अर्व ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार सनराइज फोकस्ड इक्विटी फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ ।

साथै, आत्मनिर्भर लघुवित्तको ५.४२ प्रतिशत, माइ खोला हाइड्रोपावरको ३.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्