सोमबार पाँच कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सोमबार पाँच कम्पनीको सेयरमा सर्किट, कुनले कति कमाए ?



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार आएकोे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज अभियान लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड, भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी, सिटि होटल र चन्द्रागिरि हिल्सको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

साथै, सोल्टी होटलको ८.४७ प्रतिशत, नबिल डिभेञ्चरको ७.०४ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ६.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्