आइपीओ जारी गर्नु पर्ने भन्दै नेप्सेकै कर्मचारीले दिए धर्ना « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

आइपीओ जारी गर्नु पर्ने भन्दै नेप्सेकै कर्मचारीले दिए धर्ना



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइपीओ निष्कासन गर्नु पर्ने भन्दै कर्मचारीले धर्ना दिएका छन् । बुधबार नेप्सेमा कार्यरत कर्मचारीहरुले एक घण्टा धर्ना दिएका हुन् ।

नेप्से कर्मचारी संघको अगुवाइमा धर्ना कार्यक्रमको आयोजना गरिएको हो। नेप्सेको पुनः संरचना गरी सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पहिलो चरणमा प्लेकार्ड सहित सौहार्दपूर्ण वातावरणमा दबाबमूलक कार्यक्रम गरेको संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्