नेशनल हाइड्रोपावरको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको सेयर सूचीकृत भएको छ । बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको सेयर सूचीकृत भएको हो ।
साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले कुल २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।