आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ? « Arthapath.com
३ असार २०८२, मंगलबार

आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?



काठमाडौँ । बिहिबार सेयर बजार सामान्य अकंले बढेको छ । बजारले हिजो झिनो सुधारलाई आज पनि निरन्तरता दिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३० अकंले बढेर १९९४.३५ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०० कम्पनीको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेपाल हाइड्रो, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिड सोल र मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्