९ कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
२ असार २०८२, सोमबार

९ कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौँ । सेयर बजारमा उत्साहको माहोल बन्दै गएको छ । बजार आज लगातार पाँचौ दिन समेत सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१४ अकंले बढेर २०६०.४९ बिन्दुमा आएको छ । आज ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएकोछ ।

सोमबार ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ, स्वारोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बिपिडब्लु लघुवित्त, ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरी लघुवित्तको सेयरमा सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्