बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौँ । सेयर बजारमा निरन्तर सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३९ अकंले बढेर २१४१.८७ बिन्दुमा बन्द भएको छ ।
बुधबार ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज लागनीकर्ता शिवम सिमेन्टको सेयरमा झुम्मिएका छन् । कम्पनीको आज ३७ करोड३४ लाख ९७ हजार २६८ रुपैयाँको कारोबार भएको होे ।
साथै, बुधबार सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँ, सोनापुर मिनरल्स एण्ड आयलको २० करोड १५ लाख रुपैया, हिमाल दोलाखा हाइड्रोपावरको १८ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।
