चार कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौँ । बिहिबार बजार ओरालो लागेको छ । बुधबार उच्च सुधार आएको बजारमा आज पुनः ओरालो यात्रा तय गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अकंले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।
आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार कालिका पावर, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सर्किट लागेको हो ।
