बिहिबार १४५ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
१ असार २०८२, आईतबार

बिहिबार १४५ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौँ । आज १४५ कम्पनीको सेयर मूल्य घटेको छ । बजार सामान्य अकंले घटेसँगै कम्पनीको सेयर मूल्य समेत घटेको हो ।

बजार ०.६२ अकंले घट्दा कारोबार ४ अर्ब ३० लाख रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा नेपाल एबिआई बैंक ऋणपत्र २०८९ रहेको छ । कम्पनीको सेयर ९.६० प्रतिशतले घटेको छ ।

त्यस्तै, मन्दाकीनि हाइड्रोपावरको ४.९० प्रतिशत, एनआइबिएल ग्रोथ फण्डको ३.६८ प्रतिशत, सिटिजन सुपर ३० म्युचुअल फण्डको ३.६२ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्