धितोपत्र बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब कायम

काठमाडौँ । २०८० मंसिर मसान्तमा नेप्से सूचकाङ्क १९९४.६० कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
२०८० मंसिर मसान्तमा धितोपत्र बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब ५२ करोड कायम भएको छ । २०७९
मंसिर मसान्तमा बजार पुँजीकरण रु.२७२१ अर्ब ११ करोड रहेको थियो ।