पाँच महिनामा साढे ४४ अर्बको आइपीओ सूचीकृत, हकप्रद र एफपिओ कति ?

काठमाडौँ आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा ४४ अर्ब ६५ करोड बराबरको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
यस अवधिमा ६ अर्ब १० करोड बराबरको हकप्रद सेयर ३ अर्ब ९८ करोड बराबरको बोनस र ३ करोड बराबरको एफपीओ गरी कुल ५४ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५१ करोड बराबरको साधारण शेयर, ४ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, र १ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल १६ अर्ब ५१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।