दुई कम्पनीको सेयर मूल्य समायोजन « Arthapath.com
१० बैशाख २०८२, बुधबार

दुई कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । दुई वटा लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वरोजगार र स्वाभिमान लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो भने स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात स्वरोजगार लघुवित्तको सेयर भाउ ९६०.२४ रुपैयाँ र स्वाभिमान लघुवित्तको १ हजार ७३६.०६ रुपैयाँ कायम भएको छ । सोही मूल्यको आधारमा बिहीबार कारोबार खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्