छुट्ला है दुई लघुवित्तको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१० बैशाख २०८२, बुधबार

छुट्ला है दुई लघुवित्तको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । आज दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । बुधवार स्वरोजगार र स्वाभिमान लघुवित्तको लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बिहीबार (बैशाख ११ गते) बुक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म कायम सेयरधनीहरुले यी दुई कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो वर्ष स्वरोजगार लघुवित्तले आफ्ना सेयरधनीलाई १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

यता, स्वाभिमान लघुवित्तले भने ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ।


प्रतिक्रिया दिनुहोस्