एनएमबी बैंकले ओमलाई प्राप्ती गर्न ग¥यो विशेष साधारससभा « Arthapath.com
२९ श्रावण २०७६, बुधबार

एनएमबी बैंकले ओमलाई प्राप्ती गर्न ग¥यो विशेष साधारससभा



सेयर मुल्य अनुपात १००ः ७६ रहने
काठमाडौं / एनएमवि बैंक लिमिटेडको मंललबार सम्पन विशेष साधारण सभा गरेको छ । सभाले एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित भएको छ ।
बैंकको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यका साथ एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड गाभ्न साधारण सभामा पेश गरेको प्रस्ताव साधारण सभाबाट सर्वसम्मतीले पारित गरेको हो ।
एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मुल्य अनुपात १००ः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ । जसमा ओम डेभलपमेन्ट बैंकका सेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।
मर्जर पश्चात एनएमबि बैंकको कूल पूंजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्ने बैंकले जनाएकोछ ।


प्रतिक्रिया दिनुहोस्