धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा को ? « Arthapath.com
७ कार्तिक २०७६, बिहीबार

धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा को ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्ने दौड सुरु भएको छ । कार्यकारी अध्यक्ष हुने सेवनमा दौडधुप सुरु भैसकेको छ ।
अर्थ मन्त्रालय पनि सेवन अध्यक्ष चाडो नियुक्ती गर्ने मनस्थीमा छ । त्यसको लागी मन्त्रालयले छलफल चलाइसकेको छ । तिहारलगतै नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह तथा अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा रहेकाले उनि फर्के लगत्यै अध्यक्ष छनौट कमिटि बन्ने छ ।
यस अघिका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल गत अशोजमै सकिएकाले अर्थ मन्त्रालयले सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष लामो समय खाली नराख्ने सोचमा छ ।
बोर्डको कार्यकारी अध्यक्ष हुने दौडमा आइक्यानका पुर्व अध्यक्ष तथा यस अघिनै नेपाल स्टक एक्चेन्जको अध्यक्ष भैसकेका टंक पनेरु लागी परेका छन । उनि पनि झापाली रहेकाले हिजो बुधबार मन्त्रालयमा पनेरुको बारेमा कुरा भएको अर्थ स्रोतले बताएको छ ।
उता राष्ट्रपती विद्यादेवी भण्डारीको जोडबलमा हाल धितोपत्र बोर्डकै विज्ञ संचालक बनाइएका राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भिष्मराज ढुङ्गाना पनि लागिपरेका छन । ढुङ्गानाले सेवन अध्यक्ष खानको लागी पार्टीभित्र गर्भनरको वार्गेनिङ गरेको स्रोतको दावी छ । यद्येपी ढुङ्गानाले गर्भनर वा लगानी बोर्डको सिईओ मागेको बताइन्छ ।
गत वर्ष राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड भएका बासुदेव अधिकारी पनि बोर्डको अध्यक्षका लागि दौडमा लगेका छन् । उनी राष्ट्र बैंकमा हुँदा पनि पोलिसी लेवलमा काम गरेका र पार्टीभित्र सबैभन्दा इमान्दार ठहरिन्छन ।
वर्तमान अर्थमन्त्रीले बढी रुचाइएका अधिकारी २०४६ सालको जनआन्दोलनको योद्धा पनि भनेर चिनिन्छ । सेवनमा पनि पोलिसी बनाउने ठाउँ रहेकाले अधिकारीको संभावना बढी रहेको बताइन्छ ।
अधिकारी ५ महिनापछि खाली हुने गर्भनरमा पनि आकांक्षी देखिएका छन् । गभर्नर नदिने भए धितोपत्र बोर्ड उनको पहिलो प्रथाममिकतामा रहेको छ ।
धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि अर्थ मन्त्रालयले समिति गठन गर्नुपर्नेछ । राष्ट्रिय योजना आयोगको वित्त हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन हुने छ । सो समितिले सिफारिस गरेको व्यक्तिको नाम अर्थमन्त्रीले मन्त्रीपरिसदमा पेश गर्ने छन ।
उता सेवनको अध्यक्ष बन्न हाल बोर्डमै कार्यरत लामो अनुभवी परिष्टनाथ पौडेल, निरज गिरी, डा.नवराज अधिकारी अध्यक्ष बन्नका लागि दौडमा छन् । पौडेल र गिरी बोर्डकै कार्यकारी निर्देशकमा कार्यरत छन् भने अधिकारी निमित्त कार्यकारी निर्देशक छन ।


प्रतिक्रिया दिनुहोस्