निर्मल प्रधानलाई सेबोनले कारबाही गर्ने « Arthapath.com
१९ माघ २०७६, आईतवार

निर्मल प्रधानलाई सेबोनले कारबाही गर्ने



काठमाडौं । लगानीकर्ता निर्मल प्रधानमाथि नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ (भित्री कारोवार) कारबाही प्रक्रिया अघि बढाएको छ । बोर्डले केही दिनअघि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याललाई बोलाएर प्रधानको हर्कतको बारेमा मौखिक प्रष्टिकरण समेत सोधेको थियो ।

प्रधानले क्लिकमाण्डू अनलाइन मिडियामा अन्तर्वार्ता दिदै एनसीसी र प्रभु बैंकसँग मर्जर पक्का भएको र स्वाप रेसियो समेत ९५ देखि एक सय प्रतिशतसम्म हुने खुलासा गरेका थिए । उनको घोषणापछि एनसीसी बैंकको सेयर मूल्य बढेको थियो । एनसीसी बैंकका संस्थापक सेयरधनी समेत रहेका प्रधानले विभिन्न मिडियामा एनसीसी बैंकको आपूm मुख्य निर्णयकर्ता वा जिम्मेवार व्यक्ति भए सरहको अभिव्यक्ति दिँदैआएका छन् ।

एनसीसी बैंकमा ठूलो परिमाणमा सेयर होल्ड गरेका प्रधानले आफ्नो सेयरको मूल्य बढाउनका लागि मर्जरको विषयमा मिडियाबाजी गरेका हुन । जबकी प्रधान सो बैंकको सञ्चालक समेत छैनन् । उनको समूहबाट एकजना पनि सञ्चालक छैनन्, तर उनी आपूm अबको साधारणसभामा सञ्चालकको चुनाव जितेर अध्यक्ष बन्ने भाषण दिईरहेका छन् । राजधानी इन्भेष्टमेन्ट फण्ड नामक निजी कम्पनी चलाउने प्रधान पछिल्लो दशकका असफल लगानीकर्ताका रुपमा चिनिन्छन् । नेपालको पुँजीबजार सानो हुँदा सानो पुँजीले नै प्रभाव पार्न सकिने अवस्थामा भित्री कारोवारबाटै करोडौं कमाएका प्रधानले सबै सम्पत्ति पछिल्लो समय बजारमा गुमाइसकेका छन् । उनी पछिल्लो समय लगानीका हिसावले निष्क्रीय भएका छन् ।

केहीअघि एनसीसी बैंकले सञ्चालक सदस्य इमानसिंह लामाको संयोजकत्वमा गठन गरेको मर्जर कमिटीमा प्रधानलाई सेयरधनीको तर्फबाट सदस्य राखिएको छ । तर प्रधानले मिडियामा आपूm मर्जर कमिटीको सह संयोजक भएको दाबी गरेका छन । मिडियाले पनि मर्जर कमिटिको सह–संयोजक भन्दै अन्तर्वार्ता प्रकाशित गरेको छ । तर, एनसीसी बैंक स्रोतका अनुसार मर्जर कमिटीमा सह–सयोजक भन्ने कुनै पद नै छैन् । प्रधानले आपूmलाई ठूलो देखाउन र आफ्नो कुरामा थप विश्वास पार्नका लागि आपूmलाई सह–सयोजक रहेको झूटो दाबी गरेको बैंकको भनाई छ ।

धितोपत्र बोर्डले प्रधानको भनाई बाहिर आएपछी उनको कारोवारसम्बन्धी विवरण मागेको छ । बोर्डले एनसीसी बैंकलाई पत्र लेख्दै मर्जर कमिटीमा रहेका सेयरधनी निर्मल प्रधानको भनाईका आधिकारिकताबारे जानकारी माग गरेको छ । साथै, प्रधानले एनसीसी र प्रभु बैंकको सेयर खरिद–बिक्री गरेको भए सोको जानकारी समेत माग गरेको छ ।

बोर्डले नेप्सेसग समेत प्रधान र उनीसँग सम्बधित कम्पनीको सेयर कारोवार विवरण माग गरेको छ । प्रधानले पछिल्लो समय पैभु बैंकको सेयर खरीद गरेको समेत पाइएको छ । प्रधानले मिडियामा प्रभुसँग मर्जरको विषयलाई उचालेको भन्दै प्रभु बैंकका अध्यक्ष देबीप्रकाश भट्टचनले समेत आपत्ति जनाएका छन । अर्को बैंकको सेयरधनीले प्रभु बैंकको मर्जरबारे मिडियामा धारणा राख्न नमिल्ने भन्दै प्रभु बैंकले समेत आपत्ति जनाएको बैंकको भनाई छ ।

एनसीसी बैंकका सीईओ रमेशराज अर्यालले धितोपत्र बोर्डबाट प्रधानको विषयमा प्रस्टीकरण माग्दै पत्र आएको पुष्टी गर्नुभयो । ‘बोर्डको पत्रअनुसार बैंकले उहाँसँग जानकारी मागिसकेको छ’, सीईओ अर्यालले सेयर बजारसँग भने । सीईओ अर्यालकाअनुसार बोर्डको पत्रपछि प्रधानले मर्जर कमिटीको सदस्य पदबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले हतार–हतार बैठक राखेर प्रधानको राजीनामा स्वीकृत गरिसकेको छ ।

धितोपत्र बोर्डले प्रधान र उनको परिवार र कम्पनीको सबै सेयर रोक्का गरी अनुसन्धान सुरु गर्ने जनाएको थियो । सोको सुचना पाएपछि प्रधानले हतार–हतार बैंकको मर्जर कमिटीबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा तुरुन्त स्वीकृत गरिदिन समेत बैंक सञ्चालक समितिलाई दवाब दिएका थिए । बैंकले प्रधानको राजीनामा स्वीकृत गरी बोर्डलाई जानकारी गराइसकेको छ । बैंकबाट राजीनामा दिएर चार दिने प्रयास गरिए पनि प्रधानमाथि बोर्डको अनुसन्धान भने सकिएको छैन् । उनको सेयर कारोवारको विवरण हेरेपछि बोर्डले कारबाही गर्ने नगर्ने निर्णय गर्नेछ । बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएपछि भित्री कारोवारको विषयमा उनले संवेदनशीलता देखाएका छन् । अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डका अधिकारीहरूलाई प्रधानको हर्कतको विषयमा गम्भीर अनुसनधान गर्न निर्देशन दिइसकेका छन् ।

प्रधानले एनसीसी र प्रभु बैंकको सेयर खरिद र बिक्री दुबै गरेको देखिन्छ । यस कारोवारमाथि बोर्डले अनुसन्धान गरिरहेको र त्यसमा झूटो सूचना दिएर भित्री कारोवार गरेको प्रमाणित भएका उनीमाथि गम्भीर कारबाही हुने समेत बताइएको छ ।सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्