बिमा र लघुवित्तको सेयर बढ्यो, आइतबार नेप्से १९ अंकले बढ्यो « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

बिमा र लघुवित्तको सेयर बढ्यो, आइतबार नेप्से १९ अंकले बढ्यो



काडमाडौं । बिमा र लघुवित्तको सेयरमा लगानीकर्ता झुम्मीएका छन । आइतबार कारोवार भएका कम्पनीमध्ये बिमा लघुवित्तको सेयर केही बढेको छ ।
लामो समयदेखी घट्दै आएको सेयर बजार आइतबार केही बढेको छ । आइतबार बिमा र लघुविक्तको सेयर भाउ बढेको छ । तर बैंकहरुको भने बढ्न सकेको छैन । नेप्से आइतबार १९ दशमलव ३९ अंकले बढेको छ ।

बिमा कम्पनीको सेयरमा अश्वभाविक आर्कषण देखिएको छ । निर्जीवन बीमा समूहको सुचक छ दशमलव ६७ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको सुचक पाँच दशमलव २२ प्रतिशतले बढेको छ ।

लघुवित्त समूहका सुचकहरुको वृद्धि दुई प्रतिशतभन्दा बढि छ । आज राष्ट्रिय बीमा कम्पनीको साधारण सेयर ८ सय २५ रुपियाँले बढेको छ भने सोही कम्पनीको संस्थापक सेयर ६ सय ९० रुपैयाँले बढेको छ । आइबतबार कारोवार हुनेमा रिदी जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । आइतबार झण्डै दुई अर्बको सेयर कारोबार भएको छ ।

आइतबार एक अर्ब ९७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जसमध्ये हिमालयन डिष्ट्रिलरीको १८ करोडको र शिवम सिमेन्टको १३ करोडको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्