नेपाल रि इन्स्योरेन्ससहित २ अर्ब २७ करोड आईपिओ आउँदै « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

नेपाल रि इन्स्योरेन्ससहित २ अर्ब २७ करोड आईपिओ आउँदै



काठमाडौं । सेयर बजारमा लामो समयपछि आइपिओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डलेले तिन कम्पनीको २ अर्व २७ करोडको आइपिओ (साधारण सेयर) ल्याउन स्वीकृति दिएको छ ।

बोर्डले आज ति ३ कम्पनीलाई सेयर जारी गर्न स्वीकृत प्रदान गरेको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले अर्थपथलाई बताए । अव बजारमा २ करोड २७ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ ।

सेयर जारी गर्ने कम्पनीहरुमा नेपाल रि–इन्स्योरेन्सको १ करोड ६० लाख कित्ता सेयर जारी १ महिना भित्रै ल्याउने सिईओ शंकर रायमाझीले अर्थपसंग बताए । ‘हामी सकेसम्म छिट्टै सर्वसाधारणमा सेयर ल्याउने तयारीमा लागेका छौंʹ रायमाझीले भने ।

त्यस्तै शिवश्री जलविद्युत कम्पनी र एनआरएनए इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिले पनि आइपिओ जारीको लागी स्वीकृत पाएका छन । शिबश्री जलविद्युतले ३३ करोड ५१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीले ३३ लाख ९८ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो ।


प्रतिक्रिया दिनुहोस्