अर्थमन्त्री खतिवडा कायम रहने भएपछि ह्वात्तै घट्यो सेयर बजार « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

अर्थमन्त्री खतिवडा कायम रहने भएपछि ह्वात्तै घट्यो सेयर बजार



काठमाडौं । दैनिक रुपमा बढिरहेको सेयर बजार आज एक्कासि घटेको छ । दैनिक रुपमा आफ्नै रेकर्ड तोड्दै गएको बजार ह्वात्तै घटेको हो । केहि दिन अघि अर्थमन्त्री परिवर्तन हुने हल्लाले बढिरहेको बजार खतिवडा नै यथावत रहने भएपछि बजार ह्वात्तै घटेको हो ।

गत साता दुई सय अंकले बढेको बजार एक सय अंकले घटेर १५९५ अंकमा झरेको छ । सोमवार बजार ६ प्रतिशतमा झरेपछि कारोवार बन्द भएको हो । सोमवाका दिन जीवबन बीमा ६९०, निर्जीबन बीमा ५२४ र बैंकिङ ९५ अंकमा झरेर कारोवार बन्द भएको हो । सोमवार १ सय ७३ कम्पनीको २ अर्व १५ करोडको मात्रै कारोवार भएको बजारमा ३० अंक सूचकहरुको घटेको छ ।

सोमवार सबैभन्दा बढि नेपाल लाईफको १५ करोड ६८ लाखको कारोबार भएको छ । त्यस्तै एनआइसी एसियाको १४ करोड ६१ लाख र अन्यको कम्पनिको १० करोडभन्दा कमको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्