एनआरएन इन्फ्रास्ट्रक्चरलाई बैशाख ४ भित्र आईपीओ निष्काशन गर्न अनुमति « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

एनआरएन इन्फ्रास्ट्रक्चरलाई बैशाख ४ भित्र आईपीओ निष्काशन गर्न अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले एनआरएन इन्फ्रास्ट्रचरलाई बैशाख ४ गते भित्र आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले एनआरएनलाई जारी पुँजीको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति दिइएको हो । कम्पनीको जारी पुँजी भने १ अर्ब १३ करोड २६ लाख ८२ हजार १ सय रुपैयाँ रहेको छ । कम्पनीले सयका दरले ३३ हजार ९८ हजार ४६ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकको नाम भने सानिमा क्यापिटल लिमिटेड रहेको छ । पूर्वाधारको क्षेत्रमा लगानी गर्न बोर्डले नीतिगत निर्णय गरेर एनआरएनलाई सर्वसाधारणमा जान अनुमति दिइएको हो । पूर्वाधारको क्षेत्रमा लगानी गर्नका लागि न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ हुनुपर्ने र दोस्रो बजारमा कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्