थप भयो सिटिजन्स बैंकको ऋणपत्रको म्याद « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

थप भयो सिटिजन्स बैंकको ऋणपत्रको म्याद



काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र बिक्रीको म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री हुन नसकेपछि बैंकले आवेदन भर्ने समय थप गरेको हो । थपियको समय सहित अब लगानीकर्ताले चैत ४ गतेसम्म ऋणपत्र भर्न सक्नेछन् । तर चैत ४ भन्दा अघि नै माग भन्दा बढी आवेदन परेमा भने सूचना दिएर बन्द गरिने बैंकले जनाएको छ ।

बैंकले फागुन २० गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । यसमध्ये १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्, भने १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ । बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री खुला गरेको हो । जसमा वार्षिक १०.२५५ ब्याज पाइनेछ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । तर पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउनको लागि पनि ऋणपत्रलाई आधार बनाउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्