सेयर बजारमा पहिरो, सबै सूचकहरु राताम्य « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

सेयर बजारमा पहिरो, सबै सूचकहरु राताम्य



काठमाडौं । नेप्से ५ प्रतिशतले घटेर १३६३ अंकमा आएको छ । नेगेटिभ सर्किट लागेर बन्द भएको बजार २ बजेर ११ मिनेटमा फेरि खुल्ने छ ।

सेयर बजारमा आज नेप्से ७२ अङ्कले घटिसकेको छ । १४३५ अंकमा खुलेको शेयर बजार आज निरन्तर ओरालो लागेको छ । विश्व बजारमै स्टक मार्केटमा पहिरो गइरहेको बेला नेपालको धितो पत्र बजारले पनि विश्व बजारकै ट्रेण्ड समातेको छ ।
आजको कारोबार खुलेसँगै शुरूमा एक अङ्कले नप्से बढेको भए पनि अहिले ५ प्रतिशतले घटेर १३६३ अंकमा आएको छ । कोरोना संक्रमणको त्रासमा रहेका लगानीकर्ता विश्व बजारमा संकुचन आउने डरले लगानी गर्न डराइरहेका छन् ।

दिउँसो १२ः५० बजेसम्ममा ९ करोड १८ लाख ९७ हजार १ सय ४१ रुपैयाँको कारोबार भएको छ । नेप्से निरन्तर ओरालो लागेपछि केही समयको लागि कारोबार स्थगित गरिएको छ । नेप्सेमा सबै उपसूचकहरू रातो भएका छन्। बैंकिङ समूहको सूचक ७० अंकभन्दा बढीले घटिसकेको छ ।

http://www.nepalstock.com/stocklive


प्रतिक्रिया दिनुहोस्