सेयर बजार विहीबार पहिलो हावरमा ४९ करोडको कारोवार

काठमाडौं । सेयर बजार विहीबारका दिन पहिलो घण्टामा नै १५ अंकले ओरालो लागेको छ । बुधवार पनि राताम्य भएको सेयर बजार १४ अकंले ओरालो लागेको हो ।
सेयर बजारमा विहबिार पनि राताम्य भएको छ । पहिलो घण्टामा सेयर बजार १४२४.९७ बिन्दुबाट सुरु भएर १४०८.३६ को बिन्दुमा पुगेको छ ।
समाचार तयार पार्दासम्म परिसूचक १.०४ प्रतिशतले घटेको छ भने कारोबारमा आएका १२ उपसमूह मध्ये १ वटा उपसमुह मात्र बढेको छ ।
कारोवार भईरहेका १ सय ५४ कम्पनीको १० लाख ४१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।