शेयर बजार एक घण्टा थप, आज देखी दैनिक पाँच घण्टा कारोवार

काठमाडौं । सेयर बजार कारोवार दैनिक रुपमा घट्दै गएपछि नेपाल स्टक एक्सचेञ्जले चैत २ (आईतवार)देखी लागु हुने गरि दैनिक पाँच घण्टा शेयर कारोवारका लागि समय निर्धाण गरेको छ ।
दैनिक चार घण्टा कारोवार हुँदै आएको शेयर बजार आईतवारदेखी एक घण्टा बढाएर पाँच घण्टा पुर्याएको हो । बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मको लागि कारोबार समय निर्धारण गरेको हो । नेपाल स्टक एक्सचेञ्जको शुक्रबार बसेको बैठकले एक घण्टा थप गर्ने निर्ण भएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
पहिले शेयर बजार दैनिक ३ घण्टा खुल्थ्यो । १२ बजेदेखि ३ बजेसम्म खुल्ने बजारलाई २०७३ साउनदेखि दैनिक ४ घण्टा बनाइएको थियो । त्यो बेला कारोबार खुल्ने समयलाई १ घण्टा अघि सारिएको थियो । अहिले कारोबार भने कारोबार बन्द हुने समयलाई १ घण्टा पछि सारिएको हो ।