गुडविल फाइनान्सको २५ करोडको ऋणपत्रमा ६२ करोडको आवेदन « Arthapath.com
३ चैत्र २०७६, सोमबार

गुडविल फाइनान्सको २५ करोडको ऋणपत्रमा ६२ करोडको आवेदन



काठमाडौं । गुडविल फाइनान्सले हालै जारी गरेको ऋणपत्रमा डवलभन्दा पनि बढी आवेदन परेपवछी ४ दिनमै क्लोज गरिएको छ । बाणिज्य बैंकहरुको ऋणपत्रमा सर्वसाधारणको आकर्षण घट्दै गएको अवस्थामा गुणविलको ओभर सस्क्राइभ भएको हो ।

ग वर्गको इजाजत प्राप्त वित्तिय संस्था गुडविल फाइनान्सले फागुन २८ गतेबाट ऋणपत्र जारी गरेको थियो । खुलेको ४ दिनमै अथार्त चैत २ गतेभित्र सबै ऋणपत्र बिक्री भैसकेपछि कम्पनीले हिजै क्लोज गरेको जनाएको छ । सबै ऋणपत्र विक्री नभए यही चैत १२ गतेसम्म बिक्री खुला राख्न सकिन्थ्यो ४ कार्य दिनमै सबै विक्री भैसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले २५ करोडको ऋणपत्र निष्कासन गरेको थियो तर ४ कार्यदिनमै ऋणपत्रमा १ हजार १८ जना आवेदकबाट ६१ करोड ७ लाख ५१ हजार संकलन भएको कम्पनीका कर्मचारी नविन गौतमले बताए ।

गुडविल फाइनान्सले १२ प्रतिसत व्याजदरमा ७ वर्षको लागी ६/६ महिनामा व्याज दिनेगरी ऋणपत्र जारी गरेको थियो । गुलविल फाइनान्सलाई लगानीकर्ताको विश्वासको कारण धेरै आवेदन परेको कम्पनीको सिईओ सरोजकाजी तुलाधरले बताए । उनले भने बे.कहरुको तुलनामा हामी व्याज पनि धेरै दिएका छौं र सानो साइजको इस्यु भएकोले सोटो अवधीमै धेरैले आवेदन दिएको हुन ।


प्रतिक्रिया दिनुहोस्