पुर्नबिमाको सेयरमा लगानीकर्ताको चाप, खुलेको दोस्रो दिनमै सवा २ अर्व नाघ्ने « Arthapath.com
५ चैत्र २०७६, बुधबार

पुर्नबिमाको सेयरमा लगानीकर्ताको चाप, खुलेको दोस्रो दिनमै सवा २ अर्व नाघ्ने



काठमाडौं । चौतर्फी कोरोना भाइरसको त्रासका विच नेपाल पुर्न बिमा कम्पनीको सेयरमा लगानीकर्ताको चाप देखिएको छ । सेयर खुलेको दोस्रो दिनमै सवा २ अर्व नाघ्ने देखिएको छ ।
सेयर खुलेको दोस्रो दिन बुधबार दिउसो १ः४० बजेसम्म १ अर्व ९१ करोड रकम संकलन भैसकेको विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङका सिईओ बद्री प्याकुरेलले बताए । उनले भने आज साँझसम्म सवा २ अर्वको आवेदन पर्ने अपेक्षा गरेका छौं । हालसम्म १ लाख ५० हजार आवेदकले अनलाइन आवेदन दिएको प्याकुरेलले बताए ।

पुर्न बिमा कम्पनीले मंगलबारदेखी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता अथार्त १ अर्व ५१ करोड २६ हजार ५ सयको सेयर निष्कासन गरेको छ । पुर्नबिमा कम्पनीको क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग पाएकोले धेरै लगानीकर्ताको आकर्षण देखिएको हो ।

कम्पनीको कुल पुँजी १० अर्व रहेको र १ अर्व ६० करोडको सेयर सर्वसाधारणलाई छुट्याएको थियो । कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । त्यसमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्