तत्कालका लागि शेयर कारोवार बन्द गरिने « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

तत्कालका लागि शेयर कारोवार बन्द गरिने



काठमाडौं । कोरोनाको कारण तत्कालका लागि शेयर कारोवार बन्द हुने भएको छ । त्यसको लागि शेयर ब्रोकर संघ,लगानीकर्ताका संगठन तथा नेपाल स्टक एक्सचेन्जका प्रतिनिधिसँगको बैठकमा धितोपत्र बोर्ड शेयर कारोवार गर्ने कुरामा सहमत भएको जनाएको छ ।

कोरोनाको कारण अर्थतन्त्रमा नकारात्मक असर परेको छ भन्दै सरोकारवालाहरु धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना समक्ष तत्कालका लागि बन्द गर्नुपर्ने माग गरेका थिए । त्यस्तै सबै सरोकारवालाबाट सेयर कारोबार बन्द गर्ने सुझाव आएको हुँदा सो अनुसार निर्णय गर्न सकिने बोर्ड अध्यक्ष ढुंगानाले बताएका छन ।

त्यसको लागि सर्वप्रथम अर्थमन्त्रालयसँग राय लिने साथै अन्य सरोकारवाला निकायसँगको छलफल पछि मात्र बन्द गरिने बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्