विरोधका बावजुत सेयर कारोवार खुल्यो (लगानीकर्ता संघको विज्ञेप्तीसहित) « Arthapath.com
९ चैत्र २०७६, आईतवार

विरोधका बावजुत सेयर कारोवार खुल्यो (लगानीकर्ता संघको विज्ञेप्तीसहित)



काठमाडौं । सेयर कारोवार रोक्न लगानीकर्ता संघले गरेको आग्रहलाई नेपाल स्टक एक्चेन्ज लि (नेप्से)ले नमानेपछि आज विरोधका बावजुत पनि कारोवार सुरु भएको छ ।

सरकारले शुक्रबारदेखी २५ जनाभन्दा बढी भेला नहुन र अत्यआवश्यक बाहेक बाहिर ननिष्कन गरेको आग्रह अनुसार कारोवार बन्द गर्न लगानीकर्ता संघ संस्थाले विज्ञेप्ती निकालेर कारोवार बन्द गर्न आग्रह गरेका थिए ।

सेयर बजारको नियामनकारी निकाय नेप्सेमा विहान १० बजेनै कारोवार बन्द गराउन माग गर्दै नेप्से पुगेका लगानीकर्ता संघले नारावाजीसमेत गरेका थिए ।

सेयर कारोबार सूचारु राख्ने की बन्द गर्ने भन्ने विषयमा विवाद हुँदा नेप्सेमा झडप भएको छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेप्सेका सिइओ चन्द्रसिंह साउदले जबरजस्ति कारोबार बन्द गर्न आग्रह गरेको बताएका छन ।

पाँच वटै लगानीकर्ता सँग संबन्धीत सघंका प्रतिनिधी सेयर कारोबार बन्द गर्न माग गर्दै नेप्सेमा पुगेका छन् । उनीहरुले नेप्सेका सिइओ साउँदसँग कारोबार बन्द गर्न माग गर्दा सरकाले कुनै निर्देशन नदिएको भन्दै नेप्सेले कारोवार रोक्न मानेन ।


प्रतिक्रिया दिनुहोस्