लगानीकर्ता संघको आन्दोलनपछि आजदेखी ५ दिन सेयर कारोवार बन्द « Arthapath.com
१० चैत्र २०७६, सोमबार

लगानीकर्ता संघको आन्दोलनपछि आजदेखी ५ दिन सेयर कारोवार बन्द



काठमाडौं । आजदेखी सेयर कारोवार बन्द भएको छ । आज सोमबार देखी लागु हुनेगरी सेयर कारोवार ५ कार्यदिनको लागी बन्द गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)ले सेयर कारोबार बन्द भएको विगेप्तीमा जनाएको छ । हिजो आइतबारनै कारोवार बन्द गर्न लगानीकर्ता संघले नेप्सेमै पुगेर आन्दोलन गरेका थिए ।

सरकारले अत्याआवश्यक बाहेक सबै सेवा बन्द गर्न निर्देशन दिएपनि सेयर कारोवार भने बन्द गरिएको थिएन । अर्थ मन्त्रालयको आदेशपछि नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार बजार ५ कार्य दिनको लागि बजार बन्द गरिएकबो सूचना नेप्सेले जारी गरेको हो । आजदेखी १७ गतेसम्म सेयर कारोवार बन्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्