सरकारले लकडाउन थप गरेसंगै सेयर बजार नयाँ बर्षमा खुल्ने

काठमाडौं । सरकारले लकडाउन थप गरेसंगै सेयर बजार एक हप्ताका लागि बन्द भएको छ । यसअघि २५ गतेसम्म लकडाउन रहेकाले उक्त अवधीका लागि सेयरबजार बन्द गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज अर्को एक हप्ता अर्थात पाँच करोबारका दिनका लागि सेयर बजार बन्द गर्ने निर्णय गरेको जनएको छ । सेयर बजार २०७७ सालमा मात्रै खुल्नेछ । नेप्सेले बैशाख ३ गतेसम्मका लागि बजार बन्द गरेको जनाएको छ । त्यतिबेला लडडाउन हटाउने निर्णय भएमा बैशाख ४ गतेबाट सेयर कारोबार हुनेछ ।
