एनआईसी एशिया लघुवित्तकोे साधारण शेयर सूचीकरण
![](https://www.arthapath.com/wp-content/uploads/2020/07/Nepse-1.jpg)
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आजदेखी सुचिकरण गरेको छ । लघुवित्तले ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ हजार कित्ता शेयर समेत गरी जम्मा १ करोड ४८ लाख कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा बुधबार सूचीकरण गरेको कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट गत चैत ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २ करोड ३७ लाख ८० हजार कित्ता शेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाह?लाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २ लाख ३७ हजार ८ सय कित्ता शेयर बाँडफाँड गरीएको छ ।
लघुवित्तले आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ १ अर्ब १ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी १६.३० रहेको छ ।