साधना लघुवित्तको सेयर बाँडफाँड, कस्ले कति पाए ? « Arthapath.com
२९ असार २०७७, सोमबार

साधना लघुवित्तको सेयर बाँडफाँड, कस्ले कति पाए ?




काठमाडौं । साधना लघुवित्तको सर्वसाधारणका लागि निष्कासन भएकोे प्राथमिक सेयर बाँडफाँड गरेको छ ।


अवेदन दिएका मध्ये १५ प्रतिशतले मात्र सेयर पाएका छन ।१० कित्ताका दरले ६६ हजार एक सय ५२ जना आवेदकलाई सेयर दिइएको छ ।


त्यसैगरी सेयरका लागी आवेदा दिएका तीन लाख ८१ हजार छ सय ७७ जनाले सेयर नपाएकोे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

लघुवित्तको असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले सात लाख सात हजार आठ सय कित्ता साधारण सेयरका लागि प्राथमिक निष्कासन आईपीओ खुला भएको थियो ।


आज साँझ ५ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा सेयर बाँडफाँड भएको हो ।
५० प्रतिशत सेयर संस्थाका कर्मचारीहरुका लागि र पाँच प्रतिशतसेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
बाँकी ६ लाख ६१ हजार पाँच सय २० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

आईपीओका लागी आवेदन दिएका ८५ प्रतिशतभन्दा धेरै आवेदकले सेयर पाएका छैन्न ।

त्यसेगरी चार लाख ४८ हजार ६४० वटा आवेदनमध्ये सात सय ९१ वटा लघुवित्तको आईपीओका लागि परेका सेयर रद्ध भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्