साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से « Arthapath.com
८ श्रावण २०७७, बिहीबार

साताको अन्तिम दिन १० अंकले बढ्यो नेप्से



काठमाडौं । विहिबार साताको अन्तिम दिन सेयर कोरोवार हुँदा १० अंकले बढेको छ । विहिबार नेप्से परिसूचक १०.१३ अंक बढेर १ हजार ४ सय ४२.६१ विन्दुमा पुगेको छ ।

विहिबार ४ कम्पनीको सेयर मुल्यमा सर्किट लागेको छ । तारगाउँ रिजेन्सी होटल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियण्टल होटल र कालिका लघुवित्तको सेयर बढ्दा सर्किट गागेको थियो । उता मिथिला लघुवित्तको सेयर पनि बढेको थियो ।

एफपीओ निष्काशनको तयारीमा रहेको मिर्मिरे माइक्रोफाइनान्स र सरकारले साउन १५ गतेबाट होटल खोल्ने घोषणा गरेकाले यी कम्पनीको सेयरमा सर्किट लाग्नेगरी बढेको थियो । विहिबार १८७ कम्पनीको २८ हजार ६४९ पटकको कारोबार हुँदा १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्