एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टले ३४ करोडको आइपिओ ल्याउने
काठमाडौं । सेयर बजारमा फेरी ३४ करोडको आइपिओ आइन लागेको छ । गैर आवासिय नेपालीहरुद्वरा प्रर्वधित एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले करिब ३४ करोडको आईपीओ ल्याउन लागेको हो ।
एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ३० प्रतिसत आइपिओ यही साउन १६ गतेदेखि ल्याउन लागेको हो । कम्पनीको एक अर्ब १३ करोड २६ लाख पुँजी रहेको छ । सो को ३० प्रतिसत अर्थात ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँको प्रति कित्ता १०० दरका आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर जारी गर्न साउन ९ गते विवरण पत्र प्रकाशित गरेको छ ।
कम्पनीले सेयर साउन १६ देखी २१ गतेसम्म विक्री गर्न लागेको हो । सेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ ।