आइतबार नेप्से १.५४ प्रतिशत बढ्यो « Arthapath.com
११ श्रावण २०७७, आईतवार

आइतबार नेप्से १.५४ प्रतिशत बढ्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २२ दशमलव ४० अंक बढेर बन्द भएको छ ।
आइतबार कारोबारको सुरुमा १ बजार ४ सय ५४ विन्दुसम्म पुगेको सुचक कारोबारको डेढ घण्टामा नै १ हजार ४ सय ४४.७८ विन्दुमा ओलिर्यो । सो त्यही विन्दुबाट फेरी बजारले उकालो मोड लिदै अन्त्यमा १ हजार ४ सय ६५.१० विन्दुमा पुगेर बन्द भएको छ ।


आइतबार नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। यस दिन १९० कम्पनीहरुको ३२ हजार ६२५ पटकको कारोबारमा १ अर्ब ९२ करोड ५१ लाख ७ हजार रुपैयाँ बराबरको ४४ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। पूँजीबजार मैत्री मौद्रिक नीतिका कारण गत सातादेखि लगानीकर्ताहरुको मनोबल बढेको छ । फलस्वरुप बजार र कारोबार रकममा दैनिक सुधार भइरहेको छ।

आज दुबै बीमा समुहका सुचक करिब ५ प्रतिशत बढ्न पुगेको छ । जीवन बीमाको सुचक ३।९६ र निर्जीवन बीमाको ३।९१ प्रतिशतले सुचक बढेको छ ।

आज १ सय ९० कम्पनीका ४५ लाख ६ सय ३ कित्ता सेयरको १ अर्व ९४ करोड २६ लाख बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्