मंगलबार सेयर बजार ७.५९ अंकले घट्यो

काठमाडौं । मंगलबार कारोबार सुरु भएको १० मिनेट बढेर दिनभरिजस्तै घटेर बन्द भएको छ ।
आज सेयर बजार ७.५९ अंक घट्दा नेप्से परिसूचक १४५४.८९ विन्दु आइपुगेको छ ।
सेयर बजार कारोबार सुरु भएकोे शुरु विन्दु १४६३.८१ नौ मिनेटमा १४६६ पुगेको थियो ।
उक्त विन्दुमा दुई मिनेट पनि नेप्से टिक्न नसक्दा कारोबारको २६ मिनेटमा यो १४५० विन्दुमा झरेको हो ।
आज सामान्य उतारचढाव हुँदै समग्रमा पुरा दिनको सूचकांक घटेर कारोबार बन्द भयको छ ।