सिटिजन्स सदाबहार योजनामा अब असार २७ सम्म आवेदन दिन सकिने « Arthapath.com
८ असार २०८३, सोमबार

सिटिजन्स सदाबहार योजनामा अब असार २७ सम्म आवेदन दिन सकिने



काठमाडाैं । सिटिजन्स क्यापिटल लिमिटेडले असार १३ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष सिटिजन्स सदाबहार योजनाको इकाई खरिदका लागि आवेदन दिने समयसीमा असार २७ गतेसम्म लम्बिएको छ।

क्यापिटलका अनुसार, मागअनुसारको रकम नजम्मा भएकाले निष्काशन अवधि थपिएको हो। तर, यदि सो अवधिभित्रै मागभन्दा बढी आवेदन प्राप्त भएमा निष्काशन तथा बिक्री प्रक्रिया असार २७ भन्दा अगावै बन्द गरिनेछ।

यो खुलामुखी योजनाअन्तर्गत सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरमा ५ करोड इकाईमध्ये पहिलो चरणमा न्यूनतम ४ करोड २५ लाख इकाई निष्काशनमा ल्याएको हो। बाँकी न्यूनतम ७५ लाख इकाई वा कुल बिक्रीको कम्तीमा १५ प्रतिशत सिटिजन्स बैंक इन्टरनेश्नललाई कोष प्रवर्द्धकको रूपमा सुरक्षित गरिएको छ। यस योजनाको कुल आकार ५० करोड रुपैयाँ रहेको छ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड नै रहेको छ। इच्छुक लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयहरूबाट वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी सि-आस्बा मार्फत आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्