सोमबार सेयर बजार ७ .५९ अंकले बढ्यो « Arthapath.com
२० असार २०८२, शुक्रबार

सोमबार सेयर बजार ७ .५९ अंकले बढ्यो



काठमाडौं । आज सेयर बजार ७.५९ अंकले बढेर बन्द भएको छ ।

आइतवार दिनभरि घटेर बन्द भएको थियो ।

२१ मिनेटमा यस दिनकै न्युन १ हजार ३ सय ८४ दशमलव ९७ विन्दुभन्दा तल नपुगी आज सेयर बजार बन्द भएको छ ।

आज दिनकै उच्च १ हजार ४ सय ११ दशमलव २० विन्दु कारोबार भएको ४५ मिनेट अवधिमा पुगेको थियो।

आज प्रभु बैंकको संस्थापक सेयरको सबैभन्दा बढी ३४ करोड २९ लाखको सेयर कारोबार भएको छ।
दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको १० करोडको कारोबार भएको थियो ।

आज १ सय ९० कम्पनीको १ अर्ब २९ करोडको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्