शेयर बजारमा १ अर्ब २७ करोडको कारोबार « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

शेयर बजारमा १ अर्ब २७ करोडको कारोबार



काठमाडौं । मंगलवार शेयर बजार नेप्से परिसूचक ६.६१ अंकले घटेर १ हजार ४२३.८१ मा पुगेको छ । नेप्से ०.४६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.३८ अंकले घटेर २९७.२७ मा पुगेको छ ।

कूल १९० वटा कम्पनीको ३६ लाख ३० हजार ८ सय ४५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९ सय १४ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर घटेको छ भने बाँकी एउटा उपसमूहको शेयर मात्र बढेको छ ।

सबैभन्दा धेरै होटल समूहको सूचक ४३.२३ अंकले घटेको छ । यस्तै साधना लघुवित्त र अजोड इन्सुरेन्सको सेयर करिब १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको सेयर मुल्य सबैभन्दा धेरै ९.८० प्रतिशतले घटेको छ । यसको ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा अजोड इन्सुरेन्स र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।


प्रतिक्रिया दिनुहोस्