साताको पहिलो दिन नै शेयर बजार १७ दशमलव ३३ अङ्कले घट्यो « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

साताको पहिलो दिन नै शेयर बजार १७ दशमलव ३३ अङ्कले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताको पहिलो दिन नै १७ दशमलव ३३ अङ्कले गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर १३ सय ८१ दशमलव ४६ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

व्यापार समूहको सूचक भने झण्डै ११ अङ्कले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७६ दशमलव ८७ अङ्कले घटेको छ ।

दिनभर एक अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरका ४३ लाख ७१ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको आठ करोड १४ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत कमाएका छन् भने आँखु खोला जलविद्युत् कम्पनीका शेयर लगानीकर्ताले ७ दशमलव ४१ प्रतिशत गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्