दोहोरो अंकले सेयरबजारमा गिरावट, सबैभन्दा बढि कारोबार नागरिक लगानी कोषको « Arthapath.com
३ भाद्र २०७७, बुधबार

दोहोरो अंकले सेयरबजारमा गिरावट, सबैभन्दा बढि कारोबार नागरिक लगानी कोषको



काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले गिरावट आएको छ । बुधबार नेप्से सूचक १६.६० अंकले र सेन्सिटिभ सूचक २.७१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यस्तै आज १ सय ८५ कम्पनीको सेयर कारोबार भएको बजारमा २४ लाख ७४ हजार कित्ता सेयर बिक्री भएका छन् । त्यस्तै १६ हजार ८ सय ७५ पटक सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

उक्त खरिदबिक्रीमा ९७ करोड ६२ लाखको सेयर किनबेच भएको छ । कुल १२ समूहमध्ये सबैको कारोबार सूचक आज राताम्य भएको छ। सूचक धेरै घट्नेमा बीमा समूहहरु छन् ।

त्यस्तै आज सबैभन्दा बढी नागरिक लगानी कोषको ८ करोड ९ लाखको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८१ लाखको, नेको इन्स्योरेन्सको ६ करोड ४४ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाखको र साधना लघुवित्तको ३ करोड ९७ लाखको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्