लिवर्टीको शेयर खुलेको पहिलो दिनमा नै १० लाख २ हजार कित्ता बिक्यो « Arthapath.com
३ भाद्र २०७७, बुधबार

लिवर्टीको शेयर खुलेको पहिलो दिनमा नै १० लाख २ हजार कित्ता बिक्यो



काठमडौं । बुधबारदेखी लिवर्टी इनर्जी कम्पनी लि. को आईपिओ बजारमा आएको छ । शेयर खोलेको पहिलो दिनमा नै २६ हजार १ सय ९० जनाले शेयर आवेदन दिएका छन् । त्यस्तै १० लाख २ हजार ६० कित्ता शेयर बिक्री भएको सञ्चालक राम पाण्डेले बताए ।

लमजुङको दोर्दी खोलामा निर्वाणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको निमार्ण ९८ प्रतिसत काम पुरा भएको छ । लिवर्टी इनर्जी कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी, साहास उर्जाका प्रवन्ध संचालक शुसिल थापा, सेयर बजारका हस्ती एवम् १४ नंबर ब्रोकरका अध्यक्ष ईश्वरी रिमाललगायतका प्रर्वधक रहेको छन ।
४ अर्व ६३ करोड ६१ लाख लगतमा निर्माण हुने दोर्दी खोला जलविद्युत मेगावाट १८ करोड ५ लाख लागतमा बन्ने छ । भदौ ३ गतेदेखी ३५ लाख ६४ हजार ९ सय कित्ता आईपिओ सर्वसाधारणको लागी जारी गर्न लागेको हो । भदौ ३ गतेदेखी ७ गतेसम्म आईपीओ जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्