शेयर बजारमा नेप्से सूचक ९.३४ अंकले बढ्यो, १ अर्ब ८५ करोड बढीको कारोबार « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

शेयर बजारमा नेप्से सूचक ९.३४ अंकले बढ्यो, १ अर्ब ८५ करोड बढीको कारोबार



काठमाडौं । मंगलबार नेप्से सूचक ९.३४ अंकले बढेर १४४०.९४ विन्दुमा आइपुगेको छ । १८९ कम्पनीको १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३९ लाख ४० हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएकामध्ये ३ समूहका सूचक घटेका छन् भने बाँकी सबै माथितिरै लागेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १५१.७३ अंकले बढेको छ ।

वाणिज्य बैंक समूहको सूचक १.९२ अंकले बढेको लागेको छ । नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ७.६९ प्रतिशतले बढेको छ । यता, समृद्धि फाइनान्सको सबैभन्दा धेरै ६.५४ प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको २८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्