लिवर्टि इनर्जीको आइपिओ बाँडफाँड सम्पन्न, कम्तीमा १० देखी ४० कित्तासम्म सेयर पाए « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

लिवर्टि इनर्जीको आइपिओ बाँडफाँड सम्पन्न, कम्तीमा १० देखी ४० कित्तासम्म सेयर पाए



काठमाडौं । लिवर्टि इनर्जी कम्पनीले गत साउन ३ गतेदेखी निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड भएको छ ।


१ लाख ८८ हजार ३७३ आवेदकले लिवर्टीको साधारण सेयर पाप्त गरेका छन । ९४ हजार ९०४ आवेदकले लिबर्टीको १० कित्ता सेयर पाएका छन । भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता सेयर पाउन सफल भएका छन ।

त्यसैगरी गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता सेयर पाएका छन । लिवर्टीको आईपीओमा १ लाख ८८ हजार ४९९ जनाले आवेदन भरेका थिए जसमध्ये १२६ वटा आवेदन रद्द भएको एनआइृबिएल एस क्यापिटलका डेपुटी सीईओ मेख थापाले बताए ।

सेयर बाँडफाँड कार्यक्रममा लिवर्टी इनर्जि कम्पनीका प्रवन्ध संचालक आत्माराम घिमिरेलगायतको उपस्थिती रहेको थियो । १ अर्व ५० करोड रुपैयाको २५ प्रतिशत अर्थात ३७ करोड ५० लाख सेयर बाँडफाँड सोमबार १२ बजे भएको हो ।

कम्पनीले १०० अंकित दरको ३७ करोड ५० लाख कित्ता साधारण सेयर मध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अधिनमा रहि जारी पूँजीको १५ प्रतिशत अर्थात १०० अंकित दरको २२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित स्थानिय बासिन्दाहरुमा विक्री नभई बाकी रहेको १०० अंकित दरको १३ लाख १४ हजार ९ सय ३० कित्ता समेत ३५ लाख ६४ हजार ९ सय ३० कित्ता साधारण शेयर निष्काशन गर्दै छ ।


प्रतिक्रिया दिनुहोस्