समाज लघुवित्तको आइपिओ बाँडफाँड ५ लाख ३९ हजारको हात रित्तो « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

समाज लघुवित्तको आइपिओ बाँडफाँड ५ लाख ३९ हजारको हात रित्तो



काठमाडौं । समाज लघुवित्त वित्तिय संस्थाको आईपिओ बाँडफाँड भएको छ । सोमबार भएको बाँडफाँडमा ८ हजार ७० हजनाले १० कित्ता सेयर पाएका छन । त्यसैगरी ५ लाख ३९ हजार ३ सय लगानीकर्ताको हात रित्तो भएको छ ।

सेयर निष्काशन तथा प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सोमबार दिउसो भएको बाँडफाँडमा आवेदकबाट १ करोड १४ लाख ६४ हजार ९२० कित्ता सेयरमा आवेदन गोग्य भएको थियो । ५ लाख ३९ हजार ३०० जनालाई सेयर परेन । ९ हजार ७६० कित्ता सेयरको आवेदन रद्द भएको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

समाज लघुवित्तले भदौ ४ गतेदेखि १०० अङ्कित दरका ८६ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्