मंगलबार सिभिल लघुवित्त र सपोर्ट लघुवित्तको बोनस नेप्सेमा सूचीकृत « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

मंगलबार सिभिल लघुवित्त र सपोर्ट लघुवित्तको बोनस नेप्सेमा सूचीकृत



काठमाडौं । आज सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।

सिभिल लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस शेयर र सपोर्ट लघुवित्तको ६० हजार कित्ता शेयर सूचीकृत भएको छ ।

अब यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । सिभिल लघुवित्तले असार २६ गतेको साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको थियो ।

सपोर्ट लघुवित्तले गत पुस २९ गते साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्