प्राविधिक समस्या हुँदापनि नेप्से दोहोरो अंकले बढ्यो, ३ अर्ब ३७ करोड रुपैयाँको कारोबार « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

प्राविधिक समस्या हुँदापनि नेप्से दोहोरो अंकले बढ्यो, ३ अर्ब ३७ करोड रुपैयाँको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.५६ अंकले बढेर १ हजार ५३७.२५ मा पुगेको छ । नेप्से १.०९ प्रतिशतले बढेको जनाएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक २.५९ अंकले बढेर ३०३.९७ मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर भने घटेको छ । व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएर कारोबार स्थगित हुँदा पनि आईतबार सेयर बजार दोहोरो अंकले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्